prabhu

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा पाल्पाको हुमिनमा, भोज बहादुर बि.कद्धारा उद्घाटन

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ शाखारहित बैंकिङ सेवाको सञ्चालनमा ल्याएको छ । बैंकले पाल्पाको हुमिन (ग्याङ्गसिंग पोखरा) मा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ सेवाको सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २४५ पुगेको छ । बैंकले पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ४, हुमिन (ग्याङ्गसिंगपोखरा)मा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन रम्भा गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष भोज बहादुर बि.कले गरेका हुन् ।
बैंकले उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधि बिष्णु बहादुर बोम्रेललाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने भएका छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, एनटिसी एनसेल डिशहोम सिडिएमए युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा पनि लिन सक्ने भएका छन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले २ सय ६४ शाखा कार्यालय, २ सय ४० एटिएम, २ सय ४५ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै