prabhu

ग्लोबल आइएमई बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा १५ प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक र चुच्चेपाटी चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस समझदारीमा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टरका प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरेका हुन् । सहमति अनुसार अस्पतालले बैंकका डेबिट-क्रेडिट कार्ड एवम् बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई अस्पतालको सेवा उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । आई सेन्टरले बैंकका ग्राहकहरुलाई आई सेन्टरको सामान्य आँखा परीक्षण, डाक्टरद्वारा शिफारिस चश्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंकका प्रमुख मार्केटिङ अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाको प्रयोगकर्ता बृद्धि हुने विश्वास गरेका छन् । साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरुले एउटै छाना मुनी आँखा सम्बन्धि सम्पूर्ण स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पन्तले बताएका छन् ।

पन्तले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने आई सेन्टरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पारे । यसरी बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै