PRABHU BANK

प्रभु बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा १ अर्व ५१ करोड रुपैयाँ नाफा गरेको छ ।
बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८७ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत वर्ष सोही अवधिमा १ अर्व ८ करोड रुपैयाँ नाफा गरेको थियो । दोस्रो त्रैमाससम्म बैंकले २ अर्व ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्ष यही अवधिमा २ अर्व ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै बैंकको सञ्चालन नाफा ४२.७३ प्रतिशत बढेर २ अर्व १४ करोड रुपैयाँ पुगेको छ ।
११ अर्व ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकले चालु आर्थिक वर्षको ६ महिनासम्म १ खर्व ६२ अर्व २ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै १ खर्व २६ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रति सेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १५.३२ गुणा रहेको छ । बैंकको खराब कर्जा २.०६ प्रतिशत रहेको छ भने आधार दर ७.२४ प्रतिशत रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै