PRABHU BANK

एनएमबि लघुवित्त वित्तीय संस्थाद्धारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ५७.०९ प्रतिशतले बढ्यो खुद नाफा

NMB Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले यस अवधिमा खुद नाफा ५७.०९ प्रतिशतले बढाएर ७ करोड ७० लाख ८४ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिमा संस्थाले ४ करोड ९० लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ५३.६६ प्रतिशतले बढेर २१ करोड १ लाख ५२ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १५३.१५ प्रतिशतले बढेर १२ करोड १९ लाख ८२ हजार रुपैयाँ पुगेको छ । लुवित्तको खराब कर्जा भने १.८३ प्रतिशतले बढेर ४.६५ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ ५६ पैसा र प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ०७ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै