प्रधानमन्त्री ओलीको स्पष्टता: राष्ट्र बैंकको गभर्नर नियुक्ति योग्यताक्रममा आधारित हुनेछ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन्। उनले पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन्भ।

उनले भने, ‘राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ। मेरो मान्छे भन्ने चाहिँदैन। म प्रधानमन्त्री हो। तर, सरकारका म मात्र छैन। त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु।’

प्रधानमन्त्री ओलीको यस अभिव्यक्तिले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा राजनीतिक प्रभावको स्थानमा योग्यताको आधारमा चयन हुने स्पष्ट संकेत दिएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै