काठमाडौँ। नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता नवीन धितालले अधिकारीलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
यस रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर नियुक्ति सिफारिस समिति, सदस्य विश्वनाथ पौडेल, महाप्रसाद अधिकारी, समितिको सचिवालय र राष्ट्र बैंकलाई विपक्षी बनाइएको छ।
गभर्नर अधिकारीको नियुक्ति प्रक्रियामा कानूनी अनियमितता भएको भन्दै अदालतमा रिट दायर गरिएको अधिवक्ता धितालले जनाएका छन्।
गभर्नर अधिकारी २०७६ चैत २५ गते नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए । गभर्नर अधिकारीको ५ वर्षे कार्यकाल चैत २४ गते सकिएको हो।
सरकारले अहिलेसम्म पनि गभर्नर नियुक्ति गरेको छैन।