prabhu

एनएमबि बैंकको क्युआर कोड सेवा सुरु, गभर्नर महाप्रसाद अधिकारीद्धारा उद्घाटन

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेड ले क्युआर कोड सेवा सुरु गरेको छ । बैंकले नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यसहित बल्खु तरकारी बजार क्षेत्रमा क्युआर कोडमार्फत भुक्तानीको सुरुवात गरेको हो । बैंकको ग्राहकहरुले अब क्युआर कोडबाट बल्खु तरकारी बजारमा कारोबार गर्न सक्ने भएका छन् । बैंकले नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यसहित बल्खु तरकारी बजार क्षेत्रमा क्युआर मार्फत भुक्तानीको सुरुवात गरेको हो ।
शुक्रबार बैंकले एक कार्यक्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उक्त सेवाको सुरु गरेका हुन् ।उक्त कार्यक्रममा एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्याण, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी लगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, कुमारी क्लबका सदस्यहरु, स्थानीय कृषि व्यवसायीहरुको उपस्थिति रहेको थियो । यसै सन्दर्भमा प्रमुख कार्यकारी अधिकृत केसीले बुढाथोकी भेजिटेवल सप्लायर्स र सजनी भेजिटेवल सप्लायर्सद्वयलाई सहुलियतपूर्ण कर्जाको प्रस्ताव पत्र पनि प्रदान गरेका छन् ।
बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आईरहेको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगदरहित कारोबार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै