- बैंकिङ संसार
काठमाडौं । सिदार्थ बैंकले नयाँ सुविधा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि अनलाईन मार्फत डेविड कार्डको आवेदन दिन सक्ने नयाँ सुविधा ल्याएको हो।योसँगै अब नयाँ डेबिट कार्ड लिनुपरेमा, नविकरण गर्नुपरेमा वा हराएको र बिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरैबाट डेबिट कार्डका लागि आवेदन दिन सक्ने भएका छन् ।