बैंकहरूमा निक्षेप साढे ६८ खर्ब नाघ्यो, कर्जा लगानी ८० प्रतिशत हाराहारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप रकम साढे ६८ खर्ब रुपैयाँ नाघेको छ। तर, कर्जा लगानी भने कुल निक्षेपको करिब ८० प्रतिशतमा सीमित देखिएको छ।

वैशाख २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ६८ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा ३ अर्बले वृद्धि भएको हो। त्यही अवधिसम्म बैंकहरूले ५५ खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्, जुन कुल निक्षेपको ८०.४१ प्रतिशत हो।

नियामक प्रावधानअनुसार बैंकहरूले कुल निक्षेपको अधिकतम ९० प्रतिशतसम्म कर्जा दिन सक्छन्। त्यस्तै, वाणिज्य बैंकहरूमा मात्र निक्षेप ६१ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४८ खर्ब ९३ अर्ब रुपैयाँ रहेको छ, जुन कुल निक्षेपको ७९.९५ प्रतिशत हो।

उक्त मितिसम्म बैंकहरूको औसत क्रेडिट टु डिपोजिट (सीडी) रेसियो ७९.२० प्रतिशत रहेको छ, जुन अघिल्लो दिनको ७९.२२ प्रतिशतको तुलनामा सामान्य रूपमा घटेको हो। यस अवधिमा बैंकहरूबीचको अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम रहेको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै