मुक्तिनाथ विकास बैंकको खराब कर्जा दोब्बरले बढ्यो

काठमाडौँ। मुक्तिनाथ विकास बैंकको खराब कर्जा दोब्बरले बढेको छ। कुनै समय कम खराब कर्जाका लागि परिचित मुक्तिनाथ विकास बैंकको अवस्था अहिले बदलिएको छ।

एक वर्षभित्रै बैंकको खराब कर्जा दोब्बर भएर २.०२ प्रतिशतबाट ४.४१ प्रतिशत पुगेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको वित्तीय अवस्था पनि कमजोर देखिएको छ।

बैंकको मुनाफा झण्डै १७ प्रतिशतले घटेको छ भने प्रमुख आम्दानी स्रोत मानिने खुद ब्याज आम्दानीमा केबल ५ प्रतिशत मात्र वृद्धि भएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्