PRABHU BANK

ज्योति विकास बैंकद्धारा हिमालय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

Jyoti Bikas bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले काठमाडौंको न्युरोडस्थित हिमालय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत विद्यालयको शौचालयको पुनर्निर्माण गर्नका लागी २ लाख रूपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिप राज बराल र बैंकका न्युरोड शाखाका शाखा प्रबन्धक रबिन रेग्मीद्वारा हिमालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली रत्न शाक्य र विद्यालयकी प्रध्यानाध्यापिका हीरा लक्ष्मी श्रेष्ठलाई उक्तआर्थिक सहयोग प्रदान गरेका हुन् । हिमालय माध्यमिक विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब २ सय भन्दा बढी विद्यार्थीहरुलाई न्युनतम शुल्कमा अध्यापन गराईरहेको छ ।
विद्यालयको संरचनामा सुधार गर्न, अध्यनरत विद्यार्थीहरुको लागि सफा र स्वच्छ शिक्षण वातावरण सिर्जना गर्ने मनसायका साथ शौचालय पुनर्निर्माण गर्न सो सहयोग गरेको हो । बैंकले हाल १ सय ५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै