कर्जाको माग नबढेपछि राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न धौधौ, बैंकिङ प्रणालीबाट ५० अर्ब रूपैयाँ तान्दै !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रूपैयाँ तान्न लागेको छ । बैंकहरुमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि वैशाख २१ गते ५० अर्ब रुपैयाँ तान्न लागेको हो।

बैंकले निक्षेप संकलन उपकरणमार्फत तान्ने भएको छ। राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। २१ दिने निक्षेप संकलन उपकरणको जेठ ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय कर्जाको माग नबढेपछि राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न धउधउ परेको छ भने बैंकहरु ३ प्रतिशतभन्दा कम ब्याजदरमै राष्ट्र बैंकलाई पैसा दिन बाध्य भएका छन्।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै