prabhu

एनएमबि बैंकको १२औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौँ । एनएमबि बैंकले वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकको गट्ठाघर शाखाबाट सुरु भई मध्यपुर थिमिस्थित महालक्ष्मी मन्दिरमा समापन हुने गरी बारौँ संस्करणको ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्य, मध्यपुर थिमी नगरपालिकाका कर्मचारीसहित सर्वसाधारण गरी करिब ७०० जना सहभागी भएका थिए।

गट्ठाघर शाखाबाट सुरु भएको वाक शङ्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै महालक्ष्मी मन्दिरसम्म पुगेको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो।

बैंकका अनुसार समृद्ध नेपाल निर्माणमा सांस्कृतिक सम्पदाको संरक्षण र सामाजिक चेतना अभिवृद्धिको लागि यस किसिमका कार्यक्रमको आयोजना गरिएको हो। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नेपाल हेरिटेज सोसाइटीलाई सम्पदा तथा वातावरण संरक्षणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ। साथै, नगरपालिकालाई डस्टबिनहरू पनि हस्तान्तरण गरिएको हो।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै