prabhu

लक्ष्मी सनराइज बैंकका सिइओको बदमासीले सीमा नाघेपछि राष्ट्र बैंकले गर्यो कारवाही !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको नियम उल्लंघन गरेको पाइएपछि राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई कारवाही गरेको हो।

बैंकका सिइओको बदमासीले सीमा नाघेपछि राष्ट्र बैंकले कारवाही गरेको बुझिएको छ। चालु आर्थिक वर्ष २०८१-८२ को तेस्रो त्रैमासमा राष्ट्र बैंकको नियामकीय व्यवस्था तथा निर्देशन उल्लंघन गरेको पाइएपछि बैंक कारवाहीमा परेको हो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ग) को व्यवस्था र नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको निर्देशनहरुको पालना नगरेकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिईएको छ ।

साथै, बैंकले एकीकृत निर्देशन तथा आफ्नै कर्जा नीति विपरीत कर्जा प्रवाह गरेको पाइएको छ। बैंकले चालु पुँजी प्रकृतिका कर्जालाई दीर्घकालीन आवधिक कर्जाको रूपमा दिएको, मार्जिन कर्जाका प्रयोजनका लागि पनि आवधिक कर्जा प्रदान गरेको तथा जोखिम व्यवस्थापनमा कमजोरी देखिएको छ। यस्तो छ सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै