PRABHU BANK

महुली लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको लाभांश घोषणा

Mahuli Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि समेत) गरी कूल २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले ३ करोड ७३ लाख २४ हजार रुपैयाँ बराबरको बोनस सेयर र १९ लाख ७९ हजार ५१० रूपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् । हाल कम्पनीको चुक्ता पुँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २२ करोड ३९ लाख रुपैयाँ नाघ्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै