राष्ट्र बैंकको वार्षिक प्रतिवेदन सार्वजनिक: लघुवित्तको चुक्ता पुँजी ५.१६ प्रतिशतले बढ्यो, निष्क्रिय कर्जा ६.३१ प्रतिशत पुग्यो !

काठमाडौँ। नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले २०८०-८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार २०८१ असार मसान्तसम्म लघुवित्त संस्थाहरूको चुक्ता पुँजी ५.१६ प्रतिशतले वृद्धि भई ३५ अर्ब ८४ करोड पुगेको छ।

प्राथमिक पुँजी पनि ५३ अर्ब १६ करोडमा पुगेको छ। राष्ट्र बैंकले रिक्त व्यवस्थापकीय पद तीन महिनाभित्र भर्न अनिवार्य गरेको छ। कर्मचारी व्यवस्थापन, मूल्याङ्कन, पुरस्कार र सजाय लगायतका नीतिहरू तयार गरी सञ्चालक समितिमा पेश गर्न निर्देशन दिएको छ।

२०८१ मा गैह्रबैंकिङ सम्पत्ति १३ लाख ३६ हजार रहेको छ भने औसत निष्क्रिय कर्जा अनुपात ६.३१ प्रतिशत रहेको छ। १० संस्थाको निष्क्रिय कर्जा १० प्रतिशतभन्दा माथि पुगेको देखिन्छ।

राष्ट्र बैंकले कर्जा सीमा ननाघ्ने गरी प्रवाह गर्न र सुपरभाइजरी इन्फरमेसन सिस्टममा नियमित विवरण पठाउन आग्रह गरेको छ। सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत भन्दा कम रहेका संस्थाहरूलाई चुक्ता पुँजी जानकारी गराउन निर्देशन दिइएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्