विद्युतीय कार्ड लिँदाखेरी आवश्यक जानकारी लिन राष्ट्र बैंकको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट विद्युतीय कार्ड (जस्तै डेबिट, क्रेडिट र प्रिपेड कार्ड) लिँदाखेरी ग्राहकहरूले सबै आवश्यक जानकारी लिन सुझाव दिएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै वित्तीय चेतनाका लागि यस्तो सुझाव दिएको हो। सूचनामा भनिएको छ कि बैंक तथा वित्तीय संस्थाले कार्ड जारी गर्दा आवेदन फारमसँगै कार्ड प्रयोगसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउनुपर्नेछ। यो व्यवस्था राष्ट्र बैंकको २०८१ सालको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा उल्लेख गरिएको छ।

राष्ट्र बैंकले ग्राहकहरूलाई विद्युतीय कार्ड लिँदापूर्व कार्डमा लाग्ने शुल्क, कारोबार सीमा, र प्राप्त हुने सुविधाहरूको विस्तृत जानकारी लिन आग्रह गरेको छ। साथै, क्रेडिट कार्ड प्रयोग गर्दा लाग्ने ब्याजदर लगायतका सर्त र नियमबारे पनि जानकारी लिन सुझाव दिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्