DISH HOME

ग्लोबल आइएमई बैंकको २७०औं शाखा मनाङ बजारमा

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ शाखा कार्यालय सञ्चालनमा लयाएको छ । बैंकले मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका-४, मनाङ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ ।
बैंकले हालसम्म २ सय ७० शाखा कार्यालय, २ सय ४२ एटीएम, २ सय ४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रमार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै