prabhu

नेप्सेमा स्वाभिमान लघुवित्त र स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको छ। बिहीबार नेप्सेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाका सेयर मूल्य समायोजन भएको हो।

दुवै संस्थाले साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि बुक क्लोज गरेपछि नेप्सेले बोनस सेयर समायोजनसहित नयाँ मूल्य निर्धारण गरेको हो ।

स्वाभिमान लघुवित्तको ५ प्रतिशत बोनस सेयर समायोजनपछि शेयर मूल्य १,७३६ रुपैयाँ कायम गरिएको छ। स्वरोजगार लघुवित्तको १३.५० प्रतिशत बोनस सेयर समायोजनपछि मूल्य ८४६ रुपैयाँ ३ पैसा तय गरिएको छ।

यो समायोजन अघिल्लो कारोबार दिन (बुधबार) को अन्तिम मूल्यका आधारमा गरिएको हो । बुधबार स्वाभिमान लघुवित्तको अन्तिम कारोबार मूल्य १,८२२ रुपैयाँ ८६ पैसा र स्वरोजगार लघुवित्तको ९६० रुपैयाँ २४ पैसा थियो ।

अब समायोजित मूल्यलाई आधार मानेर यी दुई कम्पनीको सेयर बिहीबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

commercial bank