सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, दिने होइन त आवेदन ?

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले आफ्नो केन्द्रिय कार्यालयका लागि रिकभरी अफिसर पदमा अफिसर, जुनिअर अफिसर र सिनियर अफासिर माग गरेको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले वैशाख २३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिन सकिनेछ।

बैंकका अनुसार आवेदन दिने व्यक्तिले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, स्नातकोत्तर तह उत्तीर्ण गरेकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ।

यता आवेदन दिने उम्मेदवारको उमेर ४० वर्षभन्दा कम हुनुपर्नेछ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्