काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ०१ पैसा र बिक्री दर १३६ रुपैयाँ ६१ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १५६ रुपैयाँ २३ पैसा र बिक्री दर १५६ रुपैयाँ ९२ पैसा रहेको छ । बुधबार बेलायती पाउण्डको खरिद दर १८१ रुपैयाँ ९१ पैसा र बिक्री दर १८२ रुपैयाँ ७२ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३१ पैसा र बिक्री दर ३७ रुपैयाँ ४७ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: