prabhu

राष्ट्र बैंकको कारबाहीपछि नेपाल बैंकका सञ्चालक चन्द्र बहादुर अधिकारी पदमुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडले स्वतन्त्र सञ्चालक चन्द्र बहादुर अधिकारीलाई पदबाट हटाएको छ । ग्राहकसँग ऋण मिलाइदिने भन्दै पैसा उठाएको पुष्टि भएपछि राष्ट्र बैंकको निर्देशनअनुसार उनलाई पदमुक्त गरिएको बैंकले जनाएको हो ।

बैंकले सूचना जारी गर्दै राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागबाट प्राप्त निर्देशन अनुसार अधिकारीलाई हटाइएको जानकारी दिएको हो । यससँगै स्वतन्त्र सञ्चालकको पद रिक्त भएको छ।

नेपाल बैंकका तत्कालीन अध्यक्ष समेत रहेका अधिकारीमाथि ऋण दिलाइदिने भन्दै ग्राहकबाट पैसा संकलन गरेको प्रमाणित भएपछि नेपाल राष्ट्र बैंकले उनलाई पाँच लाख रुपैयाँ जरिवाना गरेको थियो। साथै, उनलाई आगामी पाँच वर्षसम्म राष्ट्र बैंकबाट इजाजत प्राप्त कुनै पनि वित्तीय संस्थामा सञ्चालक बन्न अयोग्य ठहर गरिएको छ।

यस घटनापछि बैंकिङ प्रणालीमा पारदर्शिताको आवश्यकता झनै बलियो रूपमा उठेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै