काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा ‘रुफटप सोलार कर्जा योजना’ सार्वजनिक गरेको छ । यो योजना खासगरी औद्योगिक तथा व्यावसायिक भवनमा सौर्य प्रणाली ९कयबिच कथकतझ० जडान गर्न प्रोत्साहन दिने उद्देश्यले ल्याइएको हो ।
बैंकका अनुसार, उक्त कर्जाले नवीकरणीय ऊर्जा प्रयोगको पहुँच विस्तार गर्नुका साथै जलविद्युतमा रहेको निर्भरता घटाउने, ऊर्जा सुरक्षालाई मजबुत बनाउने र कुल ऊर्जा खपत घटाएर वातावरणीय प्रभाव न्यूनीकरण गर्ने लक्ष्य लिएको छ।
यस कर्जाबाट होटल, अस्पताल, कोल्ड स्टोर, हाउजिङ कम्पनी, व्यापारिक भवन तथा शैक्षिक संस्था लगायतका उत्पादनमूलक उद्योग र व्यवसायले प्रत्यक्ष लाभ लिन सक्नेछन् ।
पर्यावरण संरक्षण र दिगोपनतर्फ प्रतिबद्धता जनाउँदै बैंकले रुफटप सोलार कर्जा योजनालाई अगाडि सारेको जनाएको छ।