PRABHU BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र प्रदेश नं १ को लगानी प्राधिकरणबीच सम्झौता

Nepal Infrastructure Bank
  • बैंकिङ संसार
विराटनगर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक र प्रदेश नं १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणबीच सम्झौता भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र प्राधिकरणको तर्फबाट निर्देशक डा.सरोज कोइरालाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता भने मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा भएको हो । प्रदेशमा हालै मात्र गठन भएको प्राधिकरणले ६० वटा योजना पहिचान गरी सूचीकृत गरिसकेको छ ।
उक्त योजनाहरुमा स्वदेशी तथा विदेशी लगानी कम्पनी सहभागी हुने भनिएको छ । सीमित साधन र स्रोतले प्रदेशको आकांक्षा पूरा गर्न समस्या हुने भएकाले नै लगानी प्राधिकरण गठन गरिएको हो । मुख्यमन्त्री राईले लगानी तथा वित्तीय व्यवस्थापनमा प्राधिकरणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै प्रदेशको समग्र विकास र समृद्धिको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । यस्तै सो अवसरमा सिइओ खतिवडा र प्राधिकरणका निर्देशक कोइरालाले भने प्रदेशको सूचीकृत योजनालाई समयमै सम्पन्न गर्न लगानीकर्तालाई प्रोत्साहन गर्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै