राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट दायर, पेसी अगाडि बढेन !

काठमाडौँ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । गभर्नर बन्न अयोग्य भएको दाबी गर्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा भट्टविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो।

अदालतले रिट वैशाख ७ गतेको पेशीमा राखेको थियो । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट शुक्रबार राजीनामा दिएका भट्टविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले सोही दिन सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता थिए ।

यद्यपि अदालतले उक्त निवेदन अनुमानका आधारमा भएको भन्दै हाललाई पेसीका लागि अगाडि बढाएको छैन। एक स्रोतका अनुसार उमेरबाहेक अन्य कारणले गभर्नर सिफारिस समितिको काममा कुनै पनि अवरोध आउँदैन।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्