कुमारी बैंकले सार्वजनिक गर्यो नयाँ योजना, बम्पर उपहारमा ‘आइफोन १६’ जित्ने मौका !

काठमाडौँ । कुमारी बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ ‘  योजना सार्वजनिक गरेको हो । जसअन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् ।

बम्पर उपहारमा आइफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई रु १०० को मोबाइल रिचार्ज उपहारसमेत रहेको छ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु १०० को मोबाइल टपअप र कम्तीमा रु ५०० को फोनपे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्ने बैंकले जनाएको छ।

यस प्रक्रियालाई पूरा गरेपछि ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार आइफोन १६ को लागि स्वत: योग्य हुनेछन् । यस अन्तर्गत प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले रु १०० को मोबाइल टपअप जित्न सक्नेछन् । साथै, योजना समाप्त भएपछि सहभागी मध्यका एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप नयाँ आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।

ग्राहकहरूलाई यस योजनाले कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्ने विश्वासका साथ मोबाइल टपअप र फोनपे कारोबारलाई प्रबर्द्धन गर्दै, डिजिटल बैंकिङ सेवालाई अझ सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैंकले लिगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Top 7 banking news
loan
governer