काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ३७ पैसा र बिक्री दर १३७ रुपैयाँ ९७ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १५६ रुपैयाँ ४६ पैसा र बिक्री दर १५७ रुपैयाँ १४ पैसा रहेको छ । मंगलबार बेलायती पाउण्डको खरिद दर १८१ रुपैयाँ २७ पैसा र बिक्री दर १८२ रुपैयाँ ०७ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ६८ पैसा र बिक्री दर ३७ रुपैयाँ ८५ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: