prabhu

सारथी नेपाल लघुवित्त संस्थाले गत आर्थिक वर्षको लाभांश आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने

Sarathi Nepal Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश वितरण गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ९.५८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।फागुन ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साविक नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको संचित नाफाबाट मर्जर पश्चात हाल कायम रहेको चुक्ता पुँजीको ९.११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४७९४ प्रतिशत नगद गरी कूल ९.५८९४ प्रतिशत लाभांश वितरण प्रस्ताव गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने भएका छन् । पारित लाभांश मर्जरपछि कायम रहेका सेयरधनीले पाउने संस्थाले जनाएका छन् । मर्जर पश्चात संस्थाको चुक्ता पुँजी २३ करोड ५३ लाख रुपैयाँ कायम भएको थियो । त्यसको ९.११ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २५ करोड ६७ लाख रुपैयाँ पुग्ने भएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै