PRABHU BANK

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

Swarojgar Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सुरक्षित गर्ने फागुन १३ गते बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १५ गतेदेखि फागुन २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १३ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने भएका छन् ।
कम्पनीको फागुन ७ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको १२औं वार्षिक साधारणसभा फागुन २९ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरू हुने भएको छ । सभामा संस्थाको मंसिर १३ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को नाफाबाट संस्थाका सेयरधनीहरूलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट संस्थाका सेयरधनीहरूलाई १३.२७३ प्रतिशत बोनस सेयर र ०.६९८५७८९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १३.९७१५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने भएको छ ।
त्यसैगरी सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने भएको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै