DISH HOME

नबिल बैंकको कामु सिइओमा ज्ञवाली, बरिष्ठता भत्काईएको भन्दै शाक्यले बैंक छोड्ने !

काठमाडौँ।  नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदको जिम्मेवारी मनोज कुमार ज्ञवालीले पाएका छन्। बैंकको संचालक समितिको बैठकले सिइओ ज्ञानेन्द्र ढुंगानाको राजीना स्वीकृत गर्दै ज्ञवालीलाई उक्त पदको जिम्मेवारी दिएको हो।

गभर्नर बन्ने दौडमा रहेका सिइओ ज्ञानेन्द्र ढुंगानाको राजीनामा बैंकको सञ्चालक समितिको बैठकले स्वीकृत गरेसँगै ज्ञवालीले सिइओको जिम्मेवारी पाएका हुन् । ढुंगानाले चैत्र १० गतेदेखि लागू हुनेगरी राजिनामा दिएका हुन् । राष्ट्र बैंकको गभर्नर बन्न अनिवार्य रुपमा राजिनामा दिनुपर्ने व्यवस्था रहेकै कारण ढुंगानाले राजिनामा दिएका हुन् ।

यता बैंक हाल कामु सिइओको जिम्मेवारी पाएका मनोज ज्ञवालीलाई केही समयपछि सिइओ नियुक्त गर्ने तयारी गरेको बैंकका एक सञ्चालकले बताए ।

तर, बरिष्ठताका आधारमा सिइओ हुने पालो बैंकका सिनियर डेपुटी सिइओ शुजित कुमार शाक्यको भए पनि बैंकले ज्ञवालीलाई सिइओ बनाउने तयारी गरेपछि शाक्यले बैंक नै छोड्ने तयारी गरेको चर्चा पनि सुरु भएको छ । यद्यपि उनले बैंक छोड्ने पक्का भने भइसकेको छैन ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै