PRABHU BANK

कुमारी बैंक र केजि यच ग्रुपबीच सम्झौता, कार्डवाहक ग्राहकहरुले विशेष छुट पाउने

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक र केजि यच ग्रुपबीच सम्झौता भएको छ । बैंक र केजि यच ग्रुपबीच बैंकका डेबिट/क्रेडिट कार्डवाहकले केजि यच ग्रुपमा विशेष छुट पाउने सम्बन्धी उक्त सम्झौता भएको हो ।
यससँगै बैंकका डेबिट/क्रेडिट कार्डवाहकले उक्त केजि यच ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपान, स्पा सुविधाहरुमा र संग्रहालय शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने भएका छन् । कुमारी बैंकले हाल १ सय ९२ शाखा सञ्जाल, १ सय ६२ एटिएम, २५ शाखारहित बैंकिङ सेवा तथा १३ एक्सटेनसन काउन्टरमार्फत अत्याधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै