DISH HOME

सिन्धु विकास बैंकको वार्षिक साधारणसभा चैतमा हुने, यस्ता छन् छलफलका मुख्य एजेण्डा

Sindhu Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको आगामी चैत ९ गते सोमबार वार्षिक साधारणसभा हुने भएको हो । बैंकले सो दिन बिहान १०ः३० बजे काभ्रेपलाञ्चोकको बनेपास्थित आगन्तुक रिसोर्टमा आफ्नो ११औं वार्षिक साधारणसभा भर्च्युअल माध्यमबाट गर्न लागेको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी फागुन २८ गते शुक्रबार एकदिन बुक क्लोज हुने भएको छ । यससँगै फागुन २७ गतेसम्म कायम सेयरधनीहरु विकास बैंकको सभामा भाग लिन पाउने भएका छन् ।
सभाले गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान, नगद प्रबाह विवरण तथा अनुसुचीहरु छलफल गरी पारित गर्ने भएको छ । त्यस्तै सभाले चालु आर्थिक वर्षको लेखापरिक्षण गर्नको लागि बाह्य लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्ने भएको छ । त्यसैगरी विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमामा गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावलाई सभाले पारित पनि गर्ने भएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै