DISH HOME

सनराइज बैंकको क्युआर कोड सेवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका ट्याक्सीहरुमा

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ट्याक्सीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयाल, बैंकका लुम्बिनी प्रदेशका प्रमुख सुनिल मण्डल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रबेश अधिकारी तथा ट्याक्सी व्यवसायी संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै निर्देशक फुयालले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले सुरु गरेको अभियान र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नु पर्ने बताएका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै