prabhu

सिटी बैंकले झुक्किएर ग्राहकको खातामा ८१ ट्रिलियन डलर जम्मा गर्यो, बैंकको सञ्चालनमाथि गम्भीर प्रश्न !

काठमाडौँ । सिटीग्रुप अर्थात् सिटी बैंकले झुक्किएर ग्राहकको खातामा ८१ ट्रिलियन डलर जम्मा गरेको पाइएको छ ।

गत वर्षको अप्रिलमा बैंकले २८० डलरको सट्टा ८१ ट्रिलियन डलर जम्मा गरेको घटना १० महिनापछि मात्रै सार्वजनिक भएको हो ।

बैंकलाई उक्त रकम फिर्ता गर्न घण्टौं समय लागेको र यसबाट बैंकको सञ्चालनमा समेत समस्या उत्पन्न भएको अमेरिकन सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस्तो गल्तीले बैंकको सञ्चालनको बारेमा प्रश्न समेत उठाएको छ।  साथै, अब नियामक एजेन्सीहरू सिटीग्रुपको छानबिन गर्न तयार रहेका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै