DISH HOME

एकैदिन १ अर्ब रुपैयाँले घट्यो बैंकहरुको निक्षेप संकलन, अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम !

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको  निक्षेप संकलन एकैदिन १ अर्ब रुपैयाँले घटेको हो।

माघ १६ गते ६७ अर्ब १३ निक्षेप संकलन भएको बैंकहरूको माघ १७ गते ६७ खर्ब १२ अर्ब निक्षेप संकलन भएको छ।

यता, वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि एकैदिन १ अर्ब रुपैयाँले घटेको छ। माघ १६ गते ५९ खर्ब ८१ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूले १७ गते भने ५९ खर्ब ८० अर्ब रूपैयाँ संकलन गरेका  हुन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको औसत सिडी रेसियो ७९.३८ प्रतिशत छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै