PRABHU BANK

एक्सेल डेभलपमेन्ट बैंकको क्युआर कोड सेवा अन्तु डाँडा सामुदायिक होमस्टेमा

Excel Development Bank
  • बैंकिङ संसार
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले क्युआर कोड सेवा सुरु गरेको छ । बैंकले नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने उद्देश्य सहित सुर्योदय नगरपालिका अन्तर्गत अन्तु डॉडा सामुदायिक होमस्टेहरुमा क्युआर कोड सेवा सुरु गरेको हो । फागुन २५ गते मंगलबार बिहान सुर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले अन्तु डॉडा सामुदायिक होमस्टेहरुलाई एक्सेल डेभलपमेन्ट बैंकबाट उपलव्ध गराईएको क्युआर कोड हस्तान्तरण गरी उक्त सेवाको सुरुवात गरेका हुन् ।
उक्त क्युआर कोड सेवा सुरु भएसँगै अन्तु डाँडामा रहेका सामुदायिक होमस्टेहरुमा ग्राहकहरुले भुक्तानी गर्नुपर्ने रकम होमस्टेलाई सिधै उनीहरुको खातामा जम्मा हुने गरी भुक्तानी गर्न सक्ने भएका छन् । बैंकले साना तथा मझौला उद्यमीहरुलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आईरहेको छ । नगदरहित कारोवार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै