काठमाडौँ । नेपाल राष्ट्र बैंकले रोजगारी खुलाएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै केन्द्रीय कार्यालय बालुवाटार काठमाडौँका लागि ६ महिना अवधि निर्धारण गर्दै करारमा दुई जना सिभिल इन्जिनियर पदका लागि रोजगारी खुलाएको हो ।
बैंकले दुई वर्षसम्मको अनुभव भएकालाई बढी प्राथमिकता दिइने जनाएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले माघ २१ गतेभित्र आवेदन दिन सक्नेछन् ।
तलब भने बैंककाे नियमानुसार हुनेछ । यो हेर्नुहोस्: Nepal Rastra Bank Vacancy