PRABHU BANK

ज्योति विकास बैंकले बोन्ड निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति

Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बोन्ड निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले ९ प्रतिशत व्याजदरमा १० वर्ष अवधिको लागि ‘९% १० वर्ष, ज्योति विकास बैंक बोन्ड २०८७’ नाममा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता बोन्ड निष्कासन गर्न निवेदन अनुमति मागेको हो ।
कुल १५ लाख कित्ता बोन्डमध्ये ६ लाख कित्ता सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् भने बाँकी ९ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ । यस्तै बैंकको बोन्ड निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै