व्यवसायिक कारोबार गर्दा व्यक्तिगत खाता प्रयोग गर्न नपाइने

काठमाडौँ । अब व्यवसायिक कारोबार गर्दा व्यक्तिगत खाता प्रयोग गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनको संशोधन मार्फत व्यवसायिक कारोबार गर्दा व्यक्तिगत खाता प्रयोग गर्न नपाइने व्यवस्था गरेको हो।

सूचनामा भनिएको छ, ‘कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन।’

साथै, कुनै पनि भुक्तानी व्यक्तिगत खाताबाट लिए वा दिए दुबै कारोबार शंकास्पद हुने राष्ट्र बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्