काठमाडौँ । ग्लोबल आईएमई बैंकले १८ हजार वृक्षारोपण गर्ने घोषणा गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चालू आर्थिक वर्षमा १८ हजार वृक्षारोपण गर्ने घोषणा गरेको हो ।
ग्लोबल आईएमई बैंक यही पुस १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले चालू आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघरसंस्थासँगको सहकार्यमा १८ हजार वृक्षारोपण गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपेर उक्त अभियानको शुभारम्भ गरेका छन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले वृक्षारोपण कार्यक्रम चालू आर्थिक वर्षभरि सञ्चालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवाहरू रोपण गर्ने जानकारी दिएका छन् ।