DISH HOME

‘विद्युतीय माध्यमबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन’- राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने जनाएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै बिक्रेताले विद्युतीय भुक्तानीमा ग्राहकबाट वस्तु तथा सेवा बिक्रीको रकमबाहेक अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था रहेको जनाएको हो ।

राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘ग्राहकले वस्तु तथा सेवा खरिद गरेबापत मोबाइल एप, क्यूआर कोर्ड वा पीओएस मेसिनजस्ता विद्युतीय माध्यमबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क तिर्नुपर्दैन, बिक्रेताले पनि खरिदकर्तासँग वस्तु तथा सेवा बिक्री गरेको रकमबाहेक अतिरिक्त रकम असुल गर्नुहुँदैन।’

राष्ट्र बैंकले वस्तु तथा सेवाको बिक्रेताले व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा भुक्तान लिन गैरकानुनी रहेको  जनाएको छ । यस्तो छ सूचना:

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै