१० ठुला वाणिज्य बैंकको ऋण गुणस्तर जाँच्ने प्रकियामा आशय पत्र पेस गर्ने समय थप

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका १० ठुला वाणिज्य बैंकको लोन पोर्टफोलियो समीक्षा (एलपीआर) प्रकियामा आशय पत्र पेस गर्ने अवधि थप गरिएको छ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० वटा वाणिज्य बैंकको सम्पत्ति (ऋण) को गुणस्तर जाँच (एलपीआर) गर्न परामर्शदाता छनोट प्रकियामा आशय पत्र पेस गर्ने अवधि एक हप्ता थप गरिएको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार अब योग्य परामर्शदाताले पुस २९ गतेसम्म आशय पत्र पेस गर्न सक्नेछन् । यसअघि पुस २२ गतेसम्म आशय पत्र पेस गर्न सकिने समय सीमा तोकिएको थियो। यो हेर्नुहोस्ः

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्