काठमाडौँ । नेपाल राष्ट्र बैंकले मितेरी डेभलपमेन्ट बैंकलाई कारवाही गरेको छ । मासिक ब्याजदर अन्तर तोकिएको सिमाभित्र कायम नगरेको भन्दै मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारवाहीमा परेको हो ।
राष्ट्र बैंकले जारी एकीकृत निर्देशन २०८० को इजाजत प्राप्त निर्देशन नं १५ को बुँदा नम्बर ४ को उपबुँदामा भएको व्यवस्था बमोजिम उक्त संस्थाको शाखा विस्तारमा रोक लगाउने तथा भूकम्प पिडितलाई प्रवाह गरिने बाहेकका अन्य पुनर्कर्जा सुविधा प्रदान नगर्ने गरी कारवाही गरेको हो ।
योसँगै बैंकलाई राष्ट्र बैंकले यस्तो गलत काम नगर्नसमेत आग्रह गरेको छ ।