काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई हेल्थ सर्भिसेजमा छुट हुने भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरुलाई हेल्थ सर्भिसेजमा काठमाडौँको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट हुने भएको हो ।
बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजको तर्फबाट अध्यक्ष रुप नारायण शाहले हस्ताक्षर गरेका छन् ।
यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने इन्डोस्कोपी, कोलोनोस्कोपी, ईसीजी, ईईजी, पल्मोनरी फंक्शन टेस्ट, एफएनएसीरबायोप्सी, एक्सरे, अल्ट्रासाउन्ड, डप्लर, कलेजोको स्वास्थ्य, मुटुको स्वास्थ्य, मृगौला स्वास्थ्य, मस्तिष्क वा न्यूरो स्वास्थ्य र यूरोलोजी, सामान्य शारीरिक जाँच, इको, न्यूक्लियर कार्डियोलोजी टेस्ट, दन्त चिकित्सा, छालाको हेरचाह, हरि प्रत्यारोपण, माइनर अपरेशन, एभि फिस्टुला जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्ने बैंकले जनाएको छ ।