काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन एकैदिन २ अर्ब रुपैयाँले घटेको हो ।
मंसिर ३ गते बैंकिङ प्रणालीमा ६६ खर्ब ३५ अर्ब निक्षेप सङ्कलन भएकोमा एकैदिन २ अर्बले निक्षेप घटेर मंसिर ४ गते ६६ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन पनि २ अर्ब रुपैयाँले घटेको छ । मंसिर ३ गते ५९ खर्ब निक्षेप सङ्कलन भएकोमा ४ गते ५८ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।
यता बैंकहरुको औसत सीडी रेसियो ७८.४० प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।