PRABHU BANK

एक वर्षमा राष्ट्र बैंकका गभर्नरले बुझे झण्डै ६५ लाख, तलब मात्र १६ लाख ३२ हजार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले झण्डै ६५ लाख रुपैयाँ बुझेका छन् । राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नर अधिकारीले गत आर्थिक वर्षमा तलब, भत्ता तथा अन्य सुविधा गरी ६४ लाख ६२ हजार रुपैयाँ बुझेका हुन् ।

गर्भनर अधिकारीले एक वर्षको तलब १६ लाख ३२ हजार सहित बैठक भत्ता र अन्य सुविधा गरी उक्त रकम बुझेका हुन् । उनले बोर्ड बैठक भत्ता ३ लाख ३३ हजार रुपैयाँ र ४४ लाख ९७ हजार रुपैयाँ बराबर अन्य भत्ता तथा सुविधा बापत बुझेको प्रतिवेदनमा उल्लेख छ ।

उनले आर्थिक वर्ष २०७९-८० मा ६० लाख ९१ हजार रुपैयाँ तलब भत्ता र अन्य सुविधाबापत बुझेको थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै