PRABHU BANK

एकैदिन ११ अर्ब रुपैयाँले बढ्यो बैंकहरूको निक्षेप, अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन एकैदिन ११ अर्ब रुपैयाँले बढेको हो ।

कात्तिक २० गते बैंकिङ प्रणालीमा ६६ खर्ब ३६ अर्ब निक्षेप सङ्कलन भएकोमा एकैदिन ११ अर्बले निक्षेप बढेर कात्तिक २१ गते ६६ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन पनि ९ अर्ब रुपैयाँले बढेको छ । कात्तिक २० गते ५९ खर्ब २ अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैंकले २१ गते ५९ खर्ब ११ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गरेका हुन् ।

यता बैंकहरुको औसत सीडी रेसियो ७८.५ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै