काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकहरुको कार्यलय समय र बैंकिङ कारोबार समय निर्धारण गरेको छ । राष्ट्र बैंकले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र बैंकिङ समय १० बजेदेखि अपराह्न ३ बजेसम्मका लागि निर्धारण गरेको हो ।
राष्ट्र बैंकले प्रत्येक शुक्रबार कार्यालय समय बिहान १० बजदेखि १:३० बजेसम्म हुने जनाएको छ भने बैंकिङ समय प्रत्येक शुक्रबार बिहान १० बजदेखि मध्याह्न १२:३० बजेसम्म हुने उल्लेख गरेको छ ।
यता, जाडोको समयमा दिन छोटो हुने भएकाले राष्ट्र बैंकले बैंकहरुले दिने दैनिक सेवा समय एक घण्टा कम गरेको हो ।