PRABHU BANK

तीन महिनामा तीन विकास बैंक र चार फाइनान्स कम्पनी राष्ट्र बैंकको कारवाहीमा

काठमाडौँ । तीन महिनामा तीन विकास बैंक र चार फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका छन् । नियम विपरित कार्य गरेपछि पछिल्लो तीन महिनामा तीनवटा विकास बैंक र चारवटा फाइनान्स कम्पनी राष्ट्र बेंकको कारबाही परेका हुन् ।

सिन्धु विकास बैंक र सालापा विकास बैंकले वित्तीय विवरण बुझाउन ढिलाई गरेको भन्दै बैंकका सञ्चालक र सीईओलाई सचेत गराइएको छ ।

त्यस्तै, राष्ट्र बैंकको निर्देशन विपरीत तोकिएको अवधिमा ब्याजदर अन्तर ४.४० प्रतिशत भन्दा बढी कायम गरेको भन्दै मितेरी डेभपमेन्ट बैंकका सञ्चालक र सीईओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

यता, राष्ट्र बैंकको कारबाहीमा पर्ने फाइनान्स कम्पनीहरुमा रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स र गोर्खाज फाइनान्स रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

development bank