PRABHU BANK

एकैदिन ८ अर्ब रुपैयाँले घट्यो बैंकहरुको निक्षेप संकलन, अन्तरबैंक ब्याजदर कति ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन एकैदिन ८ अर्ब रुपैयाँले बढेको हो ।

असोज २१ गते बैंकिङ प्रणालीमा ६५ खर्ब २३ अर्ब निक्षेप सङ्कलन भएकोमा एकैदिन ८ अर्बले निक्षेप घटेर असोज २२ गते ६५ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन पनि ८ अर्बले घटेको छ । असोज २१ गते ५८ खर्ब ९६ अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैंकले २२ गते ५८ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गरेका हुन् ।

यता बैंकहरुको औसत सीडी रेसियो ७८.४४ प्रतिशत र अन्तरबैंक ब्याजदर २.९७ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै